राष्ट्रिय धरोहर संस्थापक माण्डव्यलाई नागरिक सम्मान ।
काठमाडौं
बिगत एक दशकदेखी नेपालको राष्ट्रिय पोशाक संरक्षण गर्दै राष्ट्रिय पोशाक दिवस तथा राष्ट्रिय झण्डा दिवस स्थापना गर्दै नेपाली संस्कृति,धरोहर,सम्पदाको संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको हुनाले सांस्कृतिक अध्येता तथा अभियान्ता राजानन्द माण्डव्यलाई नागरिक समाजले नागरिक अभिनन्दन गरेको छ।
नेपाल सरकारका रक्षामन्त्री मानविर राईको प्रमुख आतिथ्यतामा संस्थाका अध्यक्ष याम बहादुर जिसिको सभापतित्वमा गत बुधबार काठमाडौंको राष्ट्रिय नाचघर जमलमा एक कार्यक्रमका बिच माण्डव्यलाई विशेष नागरिक क्रीयसन अवार्ड-२०८२ द्वारा राष्ट्रिय धरोहर संरक्षक बिधामा सम्मानित गरिएको हो।
कार्यक्रममा विभिन्न बिधा तथा क्षेत्रमा उल्लेख्य योगदान गर्नुभएका बिशिष्ट ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो।जसमा उपरथी बाबुराम श्रेष्ठ,शिलापत्रका प्रमुख कार्यकारी अधिकृत बलराम श्रेष्ठ, अभियान्ता आशिका तामाङ,गायक हरिदत्त फुलारा,इन्द्रेणीका कृष्ण कंडेल, संगितकार रिदम कंडेल लगायतलाई अभिनन्दन गरिएको थियो।
माण्डव्यले आफुले यो सम्मान प्राप्त गर्दा गौरवान्वित महसुस गरेको र थप राष्ट्र सेवामा उर्जा थपिएको बताउनु भएको छ।