ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको उद्देश्य साकार पार्नका निमित्त मामाघर अनाथालय आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास कार्यक्रम पुष २७ गते शनिबारका दिन सम्पन्न भएकाे छ ।
मानव सेवा फाउण्डेसन, नेपालले आयाेजना गरेकाे ऐतिहासिक ललितपुर गोदावरी महायज्ञ, भक्तपुर चाँगुनारायण महायज्ञ र ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको उद्देश्य अनुरूप मामाघर अनाथालय आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माणार्थ भवनको शिलान्यास सम्पन्न भएकाे हाे ।
मामाघर अनाथालय आश्रमकाे गाेदावरी नगरपालिका ३ तानसिनटार ललितपुरमा र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको चाँगुनारायण नगरपालिका ९ ताथली भक्तपुरमा काेटीहाेम संकल्पकर्ता बालयाेगेश्वर विजय कृष्णमुर्ति महाराजले भुमीपुजन गरेर पञ्चाङ्ग निर्णायक समितिले दिएकाे शुभसाईतमा शिलान्यास गर्नुभएकाे छ ।
शिलान्यास कार्यक्रममा महायज्ञमा दान गर्नु हुने दानविरदाता ,पुर्व मन्त्री ,नगरप्रमुख ,वडाअध्यक्ष ,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वरिष्ठ कलाकार ,समाजसेवी बुद्धिजीवी, सञ्चारकर्मी ,धार्मिक आस्थाकाे व्यक्ति लगायत स्थानीयहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।
‘एक थुकी सुकि हजार थुकि नदी’ ,आज हाम्राे बाचाकाे सुरूवात गरेका छाै ,छिट्टै सम्पन्नकाे खबर सुन्न पाईने छ ।दानविर दाताहरूलाई काेटिकाेटि बन्धना ,महायज्ञ सफल बनाउन अहाेरात्र खटिने टिम र सम्पुर्ण शुभेच्छुक प्रति हार्दिक आभार ,अब भवन बन्न पनि साथ दिनुहुने विश्वास लिएकाे छु ,कार्यक्रममा बाेल्दै काेटिहाेम संकल्पकर्ता बालयाेगेश्वर विजय कृष्णमुर्ति महाराजले भन्नु भयाे ।
कार्यक्रमकाे सञ्चालन दिप काफ्लेले गरेका थिए भने मामाघर अनाथालय आश्रमका भाईवहिनीहरूकाे भरत नाट्यम् लगायत विभिन्न नृत्य प्रदर्शन भएकाे थियाे ।