बाल अभियान्ता प्रेन्सा रेग्मिकाे पत्रकार सम्मेलन
काठमाडौं, २०८१ चैत २२ पोखराको बाल अभियन्ता प्रेन्सा रेग्मीको आयोजनामा आज काठमाडौंको आनन्द पशुपति होटल, तिलगंगामा पत्रकार सम्मेलन हुने भएको छ।
पत्रकार सम्मेलनमा राउटे बालबालिकाका शिक्षकहरूको सुनिश्चिता तथा संविधानको धारा १५६ को (१) तथा धारा १०२ लाई धारा १३३ को (२) प्रयोग गरी संविधान संशोधन गर्ने विषयमा छलफल गरिने छ।
यस अवसरमा आयोजक प्रेन्सा रेग्मीले बालबालिकाका शिक्षाको सुनिश्चितता तथा संविधान संशोधनको आवश्यकता बारेमा विस्तृत जानकारी गराउने छिन। कार्यक्रममा विभिन्न सञ्चारकर्मी तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहने बताईएकाे छ।
मिति २०८१ चैत २२ गते शुक्रबार
दिउसाे ४:३० बजे
आनन्द पशुपति होटल, तिलगंगा