तार्केश्वर नगरपालिका वडा नम्बर ८ शान्तिटाेलमा रहेकाे तार्केश्वर मनमैजु सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानाे कपडा ट्रयाक शुट वितरण गरिएकाे छ ।
विगत केहि वर्षदेखि विपन्न ,असाय ,अनाथ ,प्राकृतिक प्रकाेप पिडितलाई मलमपट्टि लगाउदै आएकाे क्लथ एण्ड फुड बैक नेपाल(cloth & food Bank Nepal )र सामाजिक अभियान्ता भिम उपाध्यायकाे सहयाेगमा तार्केश्वर मनमैजु सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्र्याकसुट सेट वितरण गरिएकाे हाे । कार्यक्रममा तार्केश्वर नगरपालिका वडा नम्बर ८ का वडासदस्य लक्ष्मी काफ्ले ,लामबगर टाेलसुधार समितिका अध्यक्ष सुरेश मानन्धर ,समाजसेवी भिम तामाङ , क्लथ एण्ड फुड बैक नेपालका समन्वयकर्ता अशाेक शर्मा लगायतकाे उपस्थिति रहेकाे थियाे ।
२०८१ बैशाख २० गतेबाट विधिवतरूपमा सञ्चालन हुदै आएकाे विद्यालयमा ९४ जना बालबालिकाका अध्ययनरत रहेकाे विद्यालयका प्रधानाध्यापक मैया अर्याल थापाले बताउनु भयाे ।विद्यालयलाई स्राेत साधन जुटाएर पढाई सुरूवात गर्न धेरै कठिनाइ खेप्नु पर्याे ,स्कुलमा प्रअ मा नियुक्ति लिएपछि ,का.सकाे काम पनि आफै गरे ,स्थानिय समुदाय,वडाकाे सहयाेगमा विद्यार्थी बढ्ने क्रमचल्दै छ ,विद्यार्थीकाे लागी चाहिने सामाग्रीकाे अभाव र पर्याप्त बजेट नहुनाले आफ्नै गाेजीबाट खर्च गर्न बाध्य रहेकाे समेत प्रअ अर्यालले बताउनु भयाे ।
कार्यक्रममा बाेल्दै नगरपालिकामा २२ वटा सामुदायिक विद्यालय थियाे अब तार्केश्वर मनमैजु सामुदायिक विद्यालय स्थापना भएपछि २३ वटा भयाे ,हामीले सकेकाे सहयाेग गरेर नमुना विद्यालय बनाउन कुनै कसुर बाकी नराख्ने कुरा वडासदस्य लक्ष्मि काफ्लेले व्यक्त गर्नु भयाे ।