Advertisement

देवघाट ऐतिहासिक माघ महा-महोत्सव २०८१मा तपाई जान छुट्नु भयाे कि ?तस्वीरसहित

Advertisement

राजेश तिमल्सिना 



देवघाटमा ऐतिहासिक मकरस्नान तथा माघे मेला महा-महोत्सव २०८१


सञ्चालन भईरहेकाे छ ।

 

चितवन— हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिने देवघाटमा यस वर्ष पनि भव्य रूपमा माघे मेला तथा मकरस्नान महा-महोत्सव २०८१ आयोजना भएकाे छ।धार्मिक तथा सांस्कृतिक महत्व बोकेको देवघाटमा यस वर्ष विशेष महा-महोत्सवको आयोजना गरिएको छ। माघ १ गतेदेखि ३० गतेसम्म चल्ने यस महोत्सवमा ३३ करोड दीप प्रज्वलन गरिदैछ ।

कार्यक्रममा विशेष रूपमा “देवघाट जाऔं, दिव्यधाम शिलान्यास गरौं” भन्ने नारासहित दिव्यधाम शिलान्यास गरिँदै छ। देशभरका श्रद्धालु भक्तजनहरूको ठूलो सहभागिता रहदै आएकाे पनि  विश्वहिन्दु जागरण महा-अभियान ट्रष्टका संस्थापक एवं मातापिता सेवा आश्रमका संरक्षक ,धार्मिक प्रवचन र कथा वाचक – ईश्वर कृष्ण महाराजले जानकारी गराउनु भयाे ।

मकरस्नानको धार्मिक महत्त्व हिन्दू परम्परा अनुसार, माघ संक्रान्तिका दिन त्रिवेणी संगम जस्ता पवित्र तीर्थस्थलमा स्नान गर्दा पापमोचन भई पुण्य प्राप्ति हुने धार्मिक विश्वास छ। देवघाट यस्तो स्थान हो, जहाँ गण्डकी, त्रिशूली र कालीगण्डकी नदीहरू मिसिन्छन्। यो पुण्यस्थलमा वर्षेनि हजारौं भक्तजन मकरस्नान गर्न पुग्छन्।

 

विशेष पूजा तथा यज्ञ अनुष्ठान – धार्मिक शुद्धिकरण तथा शान्तिको कामना गर्दै विविध पूजा आयोजना गरिने।

सांस्कृतिक तथा भक्ति संगीत कार्यक्रम – भक्तजनहरूलाई आध्यात्मिक शान्ति दिने उद्देश्यले भजन, कीर्तन तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने।

सामाजिक सेवाका कार्यक्रमहरू – रक्तदान, निःशुल्क स्वास्थ्य शिविर तथा गरिब तथा असहायका लागि सेवा कार्यक्रम सञ्चालन गरिने।

 यस धार्मिक तथा सांस्कृतिक महा-महोत्सवमा सहभागी हुन आयोजकहरूले सबै धर्मप्रेमीहरूलाई अनुरोध गरेका छन्। “माघमा देवघाट जाऔं” भन्ने सन्देशका साथ, आयोजकहरूले यसलाई ऐतिहासिक बनाउन लागि परेका छन्।

यस महोत्सवले धार्मिक पर्यटन प्रवर्द्धन गर्ने, भक्तजनहरूको आस्था मजबुत बनाउने र समाजमा सकारात्मक ऊर्जा फैलाउने विश्वास लिइएको छ।

देवघाट महा-महाेत्सव २०८१ काे  तस्वीरहरू:-

तस्विर साैजन्य :- ईश्वरकृष्ण महाराज



 

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

राष्ट्रिय धरोहर  संरक्षण संस्थापक माण्डव्यलाई नागरिक सम्मान

राष्ट्रिय धरोहर संरक्षण संस्थापक माण्डव्यलाई नागरिक सम्मान

राष्ट्रिय धरोहर संस्थापक माण्डव्यलाई नागरिक सम्मान । काठमाडौं बिगत एक दशकदेखी नेपालको राष्ट्रिय पोशाक संरक्षण गर्दै राष्ट्रिय ...
बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन 

बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन 

बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन काठमाडौं, २०८१ चैत २२ पोखराको बाल अभियन्ता  प्रेन्सा रेग्मीको आयोजनामा आज काठमा...
पार्वती बहुमुखी क्याम्पसको १२ ओैं वार्षिकोत्सव समारोह भोलि हुने

पार्वती बहुमुखी क्याम्पसको १२ ओैं वार्षिकोत्सव समारोह भोलि हुने

पार्वती बहुमुखी क्याम्पसको बाह्रौं वार्षिकोत्सव समारोह भोलि हुने काभ्रेपलाञ्चोक, बेथानचोक-२, दुंखर्क,मा रहेकाे पार्वती बहुमुखी ...
बेथानचोकमा  लक्ष होम महायज्ञ आयोजना हुने

बेथानचोकमा लक्ष होम महायज्ञ आयोजना हुने

महायज्ञकाे आयाेजना: प्राकृतिक प्रकाेप र महामारीबाट मुक्ति तथा शान्तिका लागि विशेष धार्मिक अनुष्ठान हुने    काभ्रेपलाञ्चाेक ...
सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक शुट

सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक शुट

  तार्केश्वर नगरपालिका वडा नम्बर ८ शान्तिटाेलमा रहेकाे तार्केश्वर मनमैजु सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानाे कपडा ट्र...
लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

  सरोज लामिछानेको नयाँ गीत "कान्छु" सार्वजनिक भएको छ।  यस "कान्छु" गीतमा सरोज लामिछाने, सिमा भण्डारी स्वर रहेकाे छ ...
माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव

माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव

माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव   माघे सङ्क्रान्ति, माघ महिनाको पहिलो दिनलाई विशेष रुपमा मनाइने नेपाली चाड...
मामाघर अनाथालय  र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास सम्पन्न

मामाघर अनाथालय र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास सम्पन्न

ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको उद्देश्य साकार पार्नका निमित्त मामाघर अनाथालय आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज