पार्वती बहुमुखी क्याम्पसको बाह्रौं वार्षिकोत्सव समारोह भोलि हुने
काभ्रेपलाञ्चोक, बेथानचोक-२, दुंखर्क,मा रहेकाे पार्वती बहुमुखी क्याम्पसकाे बाह्रौं वार्षिकोत्सव समारोह भोलि फागुन २२ गते विहिबार क्याम्पस प्राङ्गणमा हुने भएको छ।
समारोहमा क्याम्पसका विद्यार्थी, शिक्षक, अभिभावक तथा विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थितिको अपेक्षा गरिएको छ। यस कार्यक्रममा क्याम्पसको वार्षिक प्रगति रिपोर्ट प्रस्तुत गरिने र आगामी योजनाहरू बारे चर्चा हुने क्याम्पस प्रमुख राजेश तिमल्सिनाले बताउनु भएकाे छ।
कार्यक्रममा सांस्कृतिक कार्यक्रमहरू, नृत्य र संगीतको प्रस्तुति, साथै उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने व्यवस्था गरिएको छ।
क्याम्पस प्रमुख र अन्य विशिष्ट अतिथिहरूले समारोहमा सहभागीहरूलाई सम्बोधन गर्नेछन्। समग्रमा, क्याम्पसको शैक्षिक प्रगति र भविष्यका योजनाहरूको बारेमा अवगत गराउने अवसर रहनेछ।
समारोहमा उपस्थित हुनका लागि सबैलाई अनुरोध गरिएको छ।