राष्ट्रिय झण्डा दिवस विशेष कार्यक्रम बसन्तपुरमा हुने
काठमाडौं, मंसिर ३० गते
नेपालको एकीकरण र राष्ट्रिय झण्डाको गौरवलाई सम्मान गर्दै राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। राष्ट्रिय झण्डा दिवसको अवसरमा बसन्तपुरमा हुने यस कार्यक्रममा नेपाली मौलिकता, स्वाभिमान र राष्ट्रिय एकतालाई उजागर गरिनेछ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानका अध्यक्ष राजानन्द माणडव्यले प्रेस विज्ञप्ति जारी गर्दै झण्डा दिवसको महत्त्वबारे जनमानसमा चेतना फैलाउन यो कार्यक्रम महत्वपूर्ण हुने बताए। उनका अनुसार नेपालका ऐतिहासिक, सांस्कृतिक र राष्ट्रिय प्रतीकहरूको संरक्षण र प्रवर्द्धनमा झण्डा दिवसले विशेष योगदान दिनेछ।
नेपाल एकीकरणको २५८ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिने यो कार्यक्रमले नेपालको झण्डालाई राष्ट्रिय गर्व र एकताको प्रतीकका रूपमा स्थापित गर्ने उद्देश्य राखेको छ।
कार्यक्रमको विवरण:
मिति: २०८१ पुस १ गते, सोमबार
समय: बिहान ८:०० देखि १०:०० बजे
स्थान: बसन्तपुर, काठमाडौं
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, झण्डा फहराउने कार्यक्रम, र ऐतिहासिक वक्तव्यहरू रहनेछन्। अध्यक्ष माण्डव्यका अनुसार कार्यक्रममा राष्ट्रिय झण्डाको ऐतिहासिक पृष्ठभूमि, महत्त्व र त्यसले समेटेको नेपाली पहिचानबारे चर्चा गरिनेछ।
समग्रमा, यो कार्यक्रमले नेपाली झण्डाको महत्त्व र स्वाभिमानलाई बलियो बनाउने मात्र नभई देशभक्ति र राष्ट्रिय एकताको भावना थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।