Advertisement
Edit Content
Edit Content

बेथानचोकमा लक्ष होम महायज्ञ आयोजना हुने

Advertisement

महायज्ञकाे आयाेजना: प्राकृतिक प्रकाेप र महामारीबाट मुक्ति तथा शान्तिका लागि विशेष धार्मिक अनुष्ठान हुने 

 

काभ्रेपलाञ्चाेक जिल्ला   बेथानचोक गाउपालिकामा श्री बेथानचोक लक्ष होम महायज्ञ आयोजना हुने भएको छ। विभिन्न प्राकृतिक विपत्ति, महामारी तथा अन्य सामाजिक समस्याबाट पीडित आत्माहरूको शान्ति र जनकल्याणको लागि महायज्ञ आयोजना गर्न लागिएको हो।

महायज्ञ २०८१ साल फागुन २३ देखि २९ गतेसम्म मुक्तेश्वर महादेवस्थानमा हुने छ। बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म विभिन्न धार्मिक कार्यक्रम, वेदपाठ, होम, यज्ञ, भजन तथा अन्य आध्यात्मिक गतिविधिहरू सञ्चालन गरिने आयोजक समितिले जानकारी दिएको छ।

हालैका वर्षहरूमा नेपालमा विभिन्न प्राकृतिक प्रकोप र महामारीका कारण जनधनको ठूलो क्षति भएको छ। २०७२ सालको विनाशकारी भूकम्प, २०७६ पछि कोभिड-१९ महामारी, २०७९ सालको असोज १०, ११ र १२ गते आएको भीषण हावाहुरी तथा बाढीपहिरोले जनजीवन अत्यन्त प्रभावित बनाएको थियो। यी घटनाहरूका कारण हजारौं मानिसले ज्यान गुमाए, घरबारविहीन भए, तथा जनमानसमा गहिरो मानसिक, सामाजिक र आर्थिक प्रभाव पर्‍यो।

यस विपत्तिबाट प्राप्त मानसिक तनाव, भय र अशान्ति कम गर्न तथा दिवंगत आत्माहरूको चिरशान्तिका लागि विशेष वैदिक विधिपूर्वक महायज्ञ आयोजना गरिने भएको छ।ॐकार टेलिभिजनका अध्यक्ष तथा लड्केश्वर कालाग्नीरूद्र महादेव पीठाधीश श्री मुकुन्द शर्मा हुमागाईंको विशेष संयोजनमा यो धार्मिक अनुष्ठान सम्पन्न गरिनेछ।

यस महायज्ञमा वैदिक यज्ञ, विशेष पूजा तथा धार्मिक प्रवचनहरू आयोजना गरिनेछन्। यस क्रममा हरेक श्रद्धालु भक्तजनले आत्मशुद्धि तथा समाजहितको लक्ष्य पूरा गर्न सक्ने विश्वास लिइएको छ। साथै, यो यज्ञ जाति, भाषा, लिंग तथा सम्प्रदायभन्दा माथि उठेर सबै मानव जातिको कल्याणका लागि समर्पित रहनेछ।

यज्ञमा सहभागी भई पुण्य लाभ प्राप्त गर्न तथा दिवंगत आत्माहरूको चिरशान्तिका लागि शुभकामना व्यक्त गर्न सबैलाई अनुरोध गरिएको छ। घरपरिवार, तिल, चामल, घ्यू, तथा माटो मिसाएर यज्ञमा आहुति दिने व्यवस्था गरिएको छ।

 

यस धार्मिक अनुष्ठानमा सबै भक्तजनलाई उपस्थित भई पुण्य आर्जन गर्न हार्दिक निमन्त्रणा गरिन्छ।

 

बेथानचोक: ऐतिहासिक, धार्मिक र प्राकृतिक सौन्दर्यको धनी स्थान

बेथानचोक काभ्रेपलाञ्चोक जिल्लाको एक महत्वपूर्ण गाउँपालिका हो। बेथानचोक नारायणथान (बेथानचोक डाँडा) आफ्नो प्राकृतिक सुन्दरताका कारण चर्चित छ। यो स्थान समुन्द्र सतहबाट करिब ३,०१८मिटर उचाइमा रहेको छ, जहाँबाट काठमाडौं उपत्यका, सगरमाथा, गणेश हिमाल, लाङटाङ लगायतका हिमश्रृंखलाहरू स्पष्ट देख्न सकिन्छ।

धार्मिक दृष्टिकोणले पनि बेथानचोक महत्वपूर्ण छ। यहाँ शिव पार्वती गुफा ,तिन तले झरना  मुक्तेश्वर महादेवस्थान,कपेर महांकाल , लगायत विभिन्न पुरातात्विक तथा धार्मिक स्थलहरू रहेका छन्। स्थानीय जनसमुदायको सहभागितामा यहाँ बेलाबेलामा धार्मिक कार्यहरू आयोजना गरिन्छ।

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नाग पञ्चमी विशेष : परम्परा र प्रकृतिप्रति सम्मान

नाग पञ्चमी विशेष : परम्परा र प्रकृतिप्रति सम्मान

नाग पञ्चमी विशेष: संस्कृति, श्रद्धा र सर्पकाे सम्मानकाे पर्व काठमाडौं, साउन १३ – आज देशभर नाग पञ्चमी पर्व श्रद्धा र भक्ति साथ म...
पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न

पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न

पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न पोखरा, १६ वैशाख । पोखरा महानगरपालिका वडा नं. १७, बिरौट...
राष्ट्रिय धरोहर  संरक्षण संस्थापक माण्डव्यलाई नागरिक सम्मान

राष्ट्रिय धरोहर संरक्षण संस्थापक माण्डव्यलाई नागरिक सम्मान

राष्ट्रिय धरोहर संस्थापक माण्डव्यलाई नागरिक सम्मान । काठमाडौं बिगत एक दशकदेखी नेपालको राष्ट्रिय पोशाक संरक्षण गर्दै राष्ट्रिय ...
बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन 

बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन 

बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन काठमाडौं, २०८१ चैत २२ पोखराको बाल अभियन्ता  प्रेन्सा रेग्मीको आयोजनामा आज काठमा...
उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न

उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न

उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न काठमाडौं, माघ १९ – लेखक जयराम तिमिल्सिनाको नयाँ उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्...
देवघाट ऐतिहासिक माघ महा-महोत्सव २०८१मा तपाई जान छुट्नु भयाे कि ?तस्वीरसहित

देवघाट ऐतिहासिक माघ महा-महोत्सव २०८१मा तपाई जान छुट्नु भयाे कि ?तस्वीरसहित

राजेश तिमल्सिना  देवघाटमा ऐतिहासिक मकरस्नान तथा माघे मेला महा-महोत्सव २०८१ सञ्चालन भईरहेकाे छ ।   च...
सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक शुट

सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक शुट

  तार्केश्वर नगरपालिका वडा नम्बर ८ शान्तिटाेलमा रहेकाे तार्केश्वर मनमैजु सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानाे कपडा ट्र...
लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

  सरोज लामिछानेको नयाँ गीत "कान्छु" सार्वजनिक भएको छ।  यस "कान्छु" गीतमा सरोज लामिछाने, सिमा भण्डारी स्वर रहेकाे छ ...
भाषा छनोट गर्नुहोस्
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज