Advertisement

अब तयार हुनु होटल सारथीकाे आईपिओ भर्न

Advertisement

                    राजेश तिमल्सिना 



काभ्रेपलाञ्चाेक जिल्लाको धुलिखेलमा रहेको होटल सारथीले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ । होटल सारथी प्रालिको दशौं बार्षिक साधारण सभाले आइपिओ जारी गर्नेसहितका निर्णय गरेको छ ।

होटलका संस्थापक एवम् कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेलको अध्यक्षता र ९५ प्रतिशत शेयरधनी सदस्यहरुको उपस्थितिमा सम्पन्न साधारण सभाले बिगत बर्षहरुको प्रगति समीक्षा गर्नुका साथै चालु आर्थिक बर्षको बजेट योजना तथा कार्यक्रम एवम् आगामी पाँच बर्षको ब्यवसायिक योजना समेत स्वीकृत गरेको ब्यहोरा अध्यक्ष प्याकुरेलले जानकारी दिए ।

          करिब २०० ब्यक्तिलाई आतिथ्यता प्रदान गर्ने क्षमता रहेको यस होटलमा ईन्फिनिटी स्विमिङपुल, स्पा, जिम सुबिधा रहेको छ । सारथी होटलमा ८० कोठा, ४ सय जना अट्ने सभा हलसमेत रहेको छ । सारथी समूहले सारथी होटलका साथै सारथी होलिडेज, सारथी मार्ट, सारथी बहुउद्देश्यीय सहकारी र यहि पुस १७ गतेबाट सौराहामा सारथी जंगल रिसोर्ट सन्चालन गर्ने तयारी गरेको कार्यकारी अध्यक्ष प्याकुरेलले बताएका   छन् ।

https://www.sarathihotel.com/

छोटो समयमा हस्पिटालिटीको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै पूर्वाधार एवम् सेवा सुविधाका हिसाबले काभ्रेपलाञ्चोक जिल्लाकै अग्रणी होटलको रुपमा स्थापित गराउन सफल ब्यवसायी प्याकुरेलले सारथी ब्राण्डको ब्यवसाय बिस्तारसँगै यसबाट बढि भन्दा बढि ब्यक्तिहरुलाई लाभान्वित गराउने उद्देश्यले पब्लिक कम्पनिमा रुपान्तरण गर्दै स्थानीय एवम् सर्बसाधारणका लागि समेत कम्पनिको शेयर जारी गर्ने प्रकृया अगाडि बढाईएको जानकारी समेत उनले दिए ।

         साधारणसभामा कम्पनीका शेयरधनीहरुले सुरक्षित लगानीको सुनिश्चतता सहित यति छोटो समयममा ब्राण्डलाई बजारमा चिनाउन खेलेको भूमिकाप्रति खुशी र उत्साहित बनाएको धारणा ब्यक्त गर्दै ब्यवस्थापन टिमप्रति आभारी रहेको कुरा बताए । यस्तै होटलका जनरल मेनेजर  ध्रुब शर्माले धुलिखेलकै उत्कृष्ट लोकेसन, पर्याप्त पूर्वाधार तथा सेवा सुविधा, बेस्ट सर्भिस, स्वस्थ एवम् स्वादिष्ट परिकारहरुका कारण बजारमा विशेष छाप छाड्न सफल यस होटलले आफ्ना सेवासुविधालाई अझै ब्यवस्थित र ग्राहकको चाहना बमोजिम परिमार्जित गर्दै अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरे ।

 

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न

पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न

पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न पोखरा, १६ वैशाख । पोखरा महानगरपालिका वडा नं. १७, बिरौट...
राष्ट्रिय धरोहर  संरक्षण संस्थापक माण्डव्यलाई नागरिक सम्मान

राष्ट्रिय धरोहर संरक्षण संस्थापक माण्डव्यलाई नागरिक सम्मान

राष्ट्रिय धरोहर संस्थापक माण्डव्यलाई नागरिक सम्मान । काठमाडौं बिगत एक दशकदेखी नेपालको राष्ट्रिय पोशाक संरक्षण गर्दै राष्ट्रिय ...
बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन 

बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन 

बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन काठमाडौं, २०८१ चैत २२ पोखराको बाल अभियन्ता  प्रेन्सा रेग्मीको आयोजनामा आज काठमा...
पार्वती बहुमुखी क्याम्पसको १२ ओैं वार्षिकोत्सव समारोह भोलि हुने

पार्वती बहुमुखी क्याम्पसको १२ ओैं वार्षिकोत्सव समारोह भोलि हुने

पार्वती बहुमुखी क्याम्पसको बाह्रौं वार्षिकोत्सव समारोह भोलि हुने काभ्रेपलाञ्चोक, बेथानचोक-२, दुंखर्क,मा रहेकाे पार्वती बहुमुखी ...
देवघाट ऐतिहासिक माघ महा-महोत्सव २०८१मा तपाई जान छुट्नु भयाे कि ?तस्वीरसहित

देवघाट ऐतिहासिक माघ महा-महोत्सव २०८१मा तपाई जान छुट्नु भयाे कि ?तस्वीरसहित

राजेश तिमल्सिना  देवघाटमा ऐतिहासिक मकरस्नान तथा माघे मेला महा-महोत्सव २०८१ सञ्चालन भईरहेकाे छ ।   च...
सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक शुट

सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक शुट

  तार्केश्वर नगरपालिका वडा नम्बर ८ शान्तिटाेलमा रहेकाे तार्केश्वर मनमैजु सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानाे कपडा ट्र...
लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

  सरोज लामिछानेको नयाँ गीत "कान्छु" सार्वजनिक भएको छ।  यस "कान्छु" गीतमा सरोज लामिछाने, सिमा भण्डारी स्वर रहेकाे छ ...
माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव

माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव

माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव   माघे सङ्क्रान्ति, माघ महिनाको पहिलो दिनलाई विशेष रुपमा मनाइने नेपाली चाड...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज