Advertisement

काभ्रेका छापा ,फाेटाे र विद्युतिय विधाका तीन पत्रकार सम्मानित

स्रष्टा र विद्यार्थी सम्मान/ दुई पुस्तक विमाेचन

Advertisement

 

काभ्रेका तीन पत्रकार सम्मानित

“पेटको भोकले मान्छेलाई मूर्ख बनाउँछ, तर ज्ञानको भोकोले विद्वान बनाउँछ। गहिरो अनुसन्धान गर्नसके मात्र ज्ञानको सही निष्कर्षमा पुग्न सकिन्छ।”:कूलप्रसाद कोइराला

काभ्रेका तीन जना सक्रिय पत्रकारलाई सम्मान गर्दै शब्दयात्रा प्रकाशन बनेपाले आफ्नो वार्षिक कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गरेको छ।

     शुक्रबार प्रकाशनको कार्यालयमा आयोजित विशेष कार्यक्रममा प्रल्हाद शर्मा हुमागाईं, केशवराज पौडेल र कपिल कोइरालालाई सम्मान गरिएको हो।

        हरिगोपाल प्रधानले व्यवस्थापन गरेको फोटोपत्रकारिता सम्मान पत्रकार केशवराज पौडेललाई प्रदान गरियो। विद्युतीय पत्रकारिता सम्मान कपिल कोइरालाले प्राप्त गरे भने छापा पत्रकारिता सम्मान प्रल्हाद शर्मा हुमागाईंलाई प्रदान गरियो। पौडेल गोरखापत्र, कोइराला हिमालय टेलिभिजन, र हुमागाईं प्रभातफेरि साप्ताहिकसँग आबद्ध हुनुहुन्छ।

           कार्यक्रममा प्रमुख अतिथी नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति कूलप्रसाद कोइराला, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, र हरिगोपाल प्रधानलगायतले सम्मानित पत्रकारहरूलाई कदरपत्र प्रदान गर्नुभयो।

            स्रष्टा र विद्यार्थी सम्मान पनि प्रदान कार्यक्रमका क्रममा तीनजना स्रष्टाहरू—अमृत अधिकारी, पुण्यवती घले, र रश्मी हुमागाईंलाई विद्वतवृत्ति सम्मान प्रदान गरियो। यसैगरी, काभ्रे बहुमुखी क्याम्पसमा पत्रकारिता अध्ययनरत अनिशा खत्रीलाई पत्रकारिता छात्रवृत्ति सम्मान र विकलाङ्ग छात्रवृत्ति रोशनी खत्रीलाई प्रदान गरिएकाे थियाे ।

        कार्यक्रममा साहित्यकार हरि मञ्जुश्रीको योगदानमाथि केन्द्रित ‘पाठकका आँखामा हरि मञ्जुश्री’ पुस्तक र सुदीप अधिकारीद्वारा लिखित ‘नेपालको विविध पृष्ठभूमि र योगदानमा षडानन्द’ पुस्तक विमोचन गरिएकाे थियाे ।

 

“पेटको भोकले मान्छेलाई मूर्ख बनाउँछ, तर ज्ञानको भोकोले विद्वान बनाउँछ। गहिरो अनुसन्धान गर्नसके मात्र ज्ञानको सही निष्कर्षमा पुग्न सकिन्छ।”प्रमुख अतिथी कूलप्रसाद कोइरालाले ज्ञानको खोज र अध्ययनको महत्वमाथि जोड दिँदै भन्नुभयो,

 

सम्मानलाई निरन्तरता दिने योजना शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले संस्थाले हरेक वर्ष २० विभिन्न सम्मान प्रदान गर्दै आएको र आगामी वर्षहरूमा पनि यो परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।कार्यक्रमको सफलताले काभ्रेको पत्रकारिता क्षेत्रलाई थप प्रोत्साहन गरेको संस्थाले जनाएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सचेतना नागरिक संस्था  नेपालकाे  रक्तदान कार्यक्रम प्रजातन्त्र दिवसमा

सचेतना नागरिक संस्था नेपालकाे रक्तदान कार्यक्रम प्रजातन्त्र दिवसमा

  सविन गाैतम प्रजातन्त्र दिवसको अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना   तारकेश्वर, काठमाडौं – प्रजातन्त्र दिवस २...
उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न

उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न

उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न काठमाडौं, माघ १९ – लेखक जयराम तिमिल्सिनाको नयाँ उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्...
देवघाट ऐतिहासिक माघ महा-महोत्सव २०८१मा तपाई जान छुट्नु भयाे कि ?तस्वीरसहित

देवघाट ऐतिहासिक माघ महा-महोत्सव २०८१मा तपाई जान छुट्नु भयाे कि ?तस्वीरसहित

राजेश तिमल्सिना  देवघाटमा ऐतिहासिक मकरस्नान तथा माघे मेला महा-महोत्सव २०८१ सञ्चालन भईरहेकाे छ ।   च...
सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक शुट

सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक शुट

  तार्केश्वर नगरपालिका वडा नम्बर ८ शान्तिटाेलमा रहेकाे तार्केश्वर मनमैजु सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानाे कपडा ट्र...
काभ्रेमा NYFN ओपन फुटसल च्याम्पियनसिप 2081 को तयारी पूरा

काभ्रेमा NYFN ओपन फुटसल च्याम्पियनसिप 2081 को तयारी पूरा

सविन गाैतम,काभ्रे जिल्ला, बनेपा–११ मा रहेको एबीएम फुटसल एकेडेमीमा नेशनल युथ फेडेरेसन अफ नेपाल, जिल्ला समिति काभ्रे द्व...
१२औं राष्ट्रिय पोशाक दिवस २०८१: हाम्रो पहिचान र विविधताको उत्सव

१२औं राष्ट्रिय पोशाक दिवस २०८१: हाम्रो पहिचान र विविधताको उत्सव

  १२औं राष्ट्रिय पोशाक दिवस २०८१: हाम्रो पहिचान र विविधताको उत्सव "नेपाली पोशाक हाम्रो गौ...
अब तयार हुनु होटल सारथीकाे आईपिओ भर्न

अब तयार हुनु होटल सारथीकाे आईपिओ भर्न

                    राजेश तिमल्सिना  काभ्रेपलाञ्चाेक जिल्लाको धुलिखेलमा रहेको होटल सारथीले सर्वसाधारणका लागि ...
अब पुराना लत्ताकपडा नफाल्न वडाअध्यक्षकाे अनुरोध

अब पुराना लत्ताकपडा नफाल्न वडाअध्यक्षकाे अनुरोध

सविन गाैतम (more…)
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज