एआइजी टेकप्रसाद राईको प्रमुख आतिथ्यमा ३०औ IGP Football Running Trophy(आईजिपी फुटबल रनिङ्ग ट्रफी) को उद्घाटन सम्पन्न भएकाे छ ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा विषेश अतिथीका रूपमा ANFA का उपमहासचिव बद्री भट्टराई तथा अतिथीका रूपमा जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुखहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, विभिन्न विद्यालयका प्रिन्सिपलहरू, फुटवल प्रशिक्षकहरू र पत्रकारहरूको उल्लेखनीय उपस्थितिमा नेपाल प्रहरी स्कुल साँगामा आज तिसौं Inter-School IGP Football Running Trophy को उद्घाटन समारोह सम्पन्न भएको हाे ।
तिसौं संस्करणमा १५ विद्यालयका १६ टिमहरूले सहभागिता जनाएका छन। League-cum-knockout तरिकाबाट सञ्चालन हुने प्रतियोगितामा league चरणका खेलहरू अन्तर्गत आजको पहिलो खेल Nepal Police School, Sanga Nepal Police School Sanga Red टिम र Kathmandu University Higher Secondary School टिम बीच भएको थियो।
जसमा Nepal Police School, Sanga Red टिम ३-० को गोल अन्तरले विजयी भयो भने Laboratory Secondary School, Kritipur र Nepal APF School, Kritipur बिच भएको दोस्रो खेलमा Nepal APF School, Kritipur टिम ३-० गोल अन्तरले विजयी भएको छ।