Advertisement

तामाङ पत्रकार संघ काभ्रेको अध्यक्षमा लोक बल

Advertisement

 

तामाङ पत्रकार संघ काभ्रेको चौथो अधिवेशन सम्पन्न, लोक बलको अध्यक्षतामा नयाँ कार्यसमिति

काभ्रे । तामाङ पत्रकार संघ काभ्रेको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत नयाँ जिल्ला कार्यसमिति लोक लामा बलको अध्यक्षतामा चयन गरेको छ।

 

कार्यक्रम तामाङ पत्रकार संघको केन्द्रीय महासचिव तीर्थ बलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। अधिवेशनको अध्यक्षता संघकी जिल्ला अध्यक्ष अञ्जली ब्लोनले गरेकी थिइन्।

अधिवेशनले लोक ब. लामाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको छ। समितिका सदस्यहरू यस प्रकार छन्:

१. अध्यक्ष: लोक ब. लामा२. उपाध्यक्ष: जीवन तामाङ३. सचिव: अशोक बुद्ध लामा४. सहसचिव: विजय जिम्बा५. कोषाध्यक्ष: लाल ध्वज तामाङ६. सदस्य: बिकेश तामाङ७. सदस्य: सिर्जना तामाङ८. सदस्य: विजय तामाङ

समितिमा एक जना सदस्यलाई मनोनित गर्ने निर्णय भएको छ।

तामाङ समुदायका पत्रकारहरूलाई एकीकृत गर्दै पेशागत क्षमता अभिवृद्धि गर्नु, समुदायका मुद्दालाई सशक्त रूपमा उठान गर्ने नेतृत्व तयार पार्नु र सञ्चार माध्यममा तामाङ समुदायको पहिचान तथा अस्तित्वलाई बलियो बनाउनु संघको मुख्य मुद्दा रहेको अधिवेशनमा बहस भएको थियो ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै महासचिव तीर्थ बलले तामाङ पत्रकारहरूको भूमिकालाई अझ प्रभावकारी बनाउने दिशामा काम गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा अग्रज पत्रकार प्रदीप केसी, फोटो पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष केशवराज पौडेल, प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रोजन तामाङ, नेपाल पत्रकार महासंघ काभ्रेका सल्लाहकार नवराज बजगाईं, लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

  सरोज लामिछानेको नयाँ गीत "कान्छु" सार्वजनिक भएको छ।  यस "कान्छु" गीतमा सरोज लामिछाने, सिमा भण्डारी स्वर रहेकाे छ ...
माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव

माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव

माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव   माघे सङ्क्रान्ति, माघ महिनाको पहिलो दिनलाई विशेष रुपमा मनाइने नेपाली चाड...
मामाघर अनाथालय  र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास सम्पन्न

मामाघर अनाथालय र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास सम्पन्न

ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको उद्देश्य साकार पार्नका निमित्त मामाघर अनाथालय आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको ...
मामाघर अनाथालय आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास

मामाघर अनाथालय आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास

मामाघर अनाथालय आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास   ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको उद्द...
७ अैा राष्ट्रिय झण्डा दिवस बसन्तपुरमा

७ अैा राष्ट्रिय झण्डा दिवस बसन्तपुरमा

झण्डाकाे ईतिहास नेपाली राष्ट्रिय झण्डा विशिष्ट र ऐतिहासिक छ। यो विश्वकै एकमात्र गैर-आयताकार झण्डा हो, जसले नेपालको पहिचानलाई अन...
सपनामा चन्द्रमा देख्नुको अर्थ प्रायः भावनात्मक सन्तुलन, परिवर्तन, र आध्यात्मिक जागरण:- डा.उत्तम उपाध्याय न्याैपाने

सपनामा चन्द्रमा देख्नुको अर्थ प्रायः भावनात्मक सन्तुलन, परिवर्तन, र आध्यात्मिक जागरण:- डा.उत्तम उपाध्याय न्याैपाने

सपनामा चन्द्रमा देख्नुको अर्थ प्रायः भावनात्मक सन्तुलन, परिवर्तन, र आध्यात्मिक जागरणसँग जोडिन्छ। चन्द्रमा शीतलता, शान्ति र गहन भाव...
राष्ट्रिय झण्डा दिवस विशेष कार्यक्रम बसन्तपुरमा हुने

राष्ट्रिय झण्डा दिवस विशेष कार्यक्रम बसन्तपुरमा हुने

राष्ट्रिय झण्डा दिवस विशेष कार्यक्रम बसन्तपुरमा हुने   काठमाडौं, मंसिर ३० गते नेपालको एकीकरण र राष्ट्रिय झण्डाको गौरवलाई स...
य:मरीकाे उत्पति ,महत्व

य:मरीकाे उत्पति ,महत्व

य:मरि (Yomari) नेपालमा विशेषगरी नेवार समुदायले बनाउने परम्परागत परिकार हो। यो चामलको पीठोबाट बनेको मिठो परिकार हो, जसमा चाकु (खुवा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज