Advertisement

सरकारले महानगरको स्वामित्व खोस्दै धरहरामा तोक्यो शुल्क

Advertisement

काठमाडौं । सरकारले ९ गते आइतबारदेखि सञ्चालनमा आउने धरहरा चढ्न शुल्क तोकेको छ। सरकारले मंसिर ९ गतेदेखि धरहरा चढ्नका लागि सर्वसाधरणलाई प्रतिब्यक्ति रु २०० रुपैयाँ तोकेको हो ।

विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्‍चालन नहुँदासम्‍म हाललाई सर्वसाधरणका लागि २०० रुपैयाँ शुल्क लिइ मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए । सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार धरहरा चढी अवलोकन गरेको प्रतिव्यक्ति शुल्क स्वदेशीलाई २००, सार्क मुलुकलाई ५००, सार्क मुलुक बाहेक अन्य मुलुकका नागरिकलाई १ हजार तोकिएको छ ।

साथै धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन शुल्क व्यवसायिक बाहेकका प्रतिघण्टा ५ हजार, धरहरा परिसरमा व्यवसायिक भिडिओ छायांकन शुल्क प्रतिघण्टा ५ हजार, फोटोग्राफीका लागि १ हजार शुल्क तोकिएको छ । यस्तै शहरी विकास भवन निर्माण तथा आवास विभागले धरहरा परिसर प्रवेश शुल्क ५० रुपैयाँ तोकेको छ।

चार पाङग्रे सवारी साधनको लागि २० रुपैयाँ र दुई पांग्रेको लागि १० रुपैयाँ पार्किङ शुल्क तोकेको छ। यसअघि धरहरामा काठमाडौं महानगरपालिकाले निशुल्क रुपमा पार्किङ उपलब्ध गराउँदै आएको थियो । अब आइतबारदेखि भने धरहरामा पार्किङ गर्दा शुल्क तिर्नुपर्ने भएको हो ।

धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा विद्यार्थी र ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई आधा छुट दिने निर्णय समेत भएको छ । १० वर्ष मुनिका बालबालिका शुल्न नलाग्ने भएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

राष्ट्रिय धरोहर  संरक्षण संस्थापक माण्डव्यलाई नागरिक सम्मान

राष्ट्रिय धरोहर संरक्षण संस्थापक माण्डव्यलाई नागरिक सम्मान

राष्ट्रिय धरोहर संस्थापक माण्डव्यलाई नागरिक सम्मान । काठमाडौं बिगत एक दशकदेखी नेपालको राष्ट्रिय पोशाक संरक्षण गर्दै राष्ट्रिय ...
बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन 

बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन 

बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन काठमाडौं, २०८१ चैत २२ पोखराको बाल अभियन्ता  प्रेन्सा रेग्मीको आयोजनामा आज काठमा...
पार्वती बहुमुखी क्याम्पसको १२ ओैं वार्षिकोत्सव समारोह भोलि हुने

पार्वती बहुमुखी क्याम्पसको १२ ओैं वार्षिकोत्सव समारोह भोलि हुने

पार्वती बहुमुखी क्याम्पसको बाह्रौं वार्षिकोत्सव समारोह भोलि हुने काभ्रेपलाञ्चोक, बेथानचोक-२, दुंखर्क,मा रहेकाे पार्वती बहुमुखी ...
बेथानचोकमा  लक्ष होम महायज्ञ आयोजना हुने

बेथानचोकमा लक्ष होम महायज्ञ आयोजना हुने

महायज्ञकाे आयाेजना: प्राकृतिक प्रकाेप र महामारीबाट मुक्ति तथा शान्तिका लागि विशेष धार्मिक अनुष्ठान हुने    काभ्रेपलाञ्चाेक ...
सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक शुट

सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक शुट

  तार्केश्वर नगरपालिका वडा नम्बर ८ शान्तिटाेलमा रहेकाे तार्केश्वर मनमैजु सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानाे कपडा ट्र...
लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

  सरोज लामिछानेको नयाँ गीत "कान्छु" सार्वजनिक भएको छ।  यस "कान्छु" गीतमा सरोज लामिछाने, सिमा भण्डारी स्वर रहेकाे छ ...
माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव

माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव

माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव   माघे सङ्क्रान्ति, माघ महिनाको पहिलो दिनलाई विशेष रुपमा मनाइने नेपाली चाड...
मामाघर अनाथालय  र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास सम्पन्न

मामाघर अनाथालय र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास सम्पन्न

ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको उद्देश्य साकार पार्नका निमित्त मामाघर अनाथालय आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज