Advertisement

राजिनामा दिए तर उमालाई सहयोग गर्छुः पूर्ववडाध्यक्ष डिल्लीध्वज बस्नेत

Advertisement

दोलखा । नेकपा एमालेबाट राजिनामा दिए पनि उपाध्यक्षको उम्मेदवार उमा शेर्पालाई सहयोग गर्ने पूर्ववडाध्यक्ष डिल्लीध्वज बस्नेतले प्रतिबद्धता जाहेर गर्नुभयो । गौरीशंकर गाउपालिका–५, सुरीको पूर्ववडाध्यक्ष समेत रहेका बस्नेतले पार्टी नभएर व्यक्तिको लागि सहयोग गरिने बताउनु भयो ।

बस्नेतले अन्य राजनीतिक दलको उम्मेदवारलाई नभई उमालाई नै सहयोग गर्ने बताउनुभयो । उनले उमालाई जित निश्चित हो, विजयीको अग्रिम शुभकामना समेत दिनुभयो । बस्नेतले एमाले पोलिटव्यूरो सदस्य पार्वत गुरुङ, जिल्ला कमिटी सचिव स्वंयम बहादुर खड्का, जिल्ला सचिवालय सदस्य जंग गुरुङ, जिल्ला कमिटी सदस्य फुरलाक्पा शेर्पा लगायतका नेता तथा कार्यकर्ताहरुसँग भेटवार्ता गर्नुभयो ।

गौरीशंकर–५ को पूर्ववडाध्यक्ष बस्नेतले पार्टी भित्रको अन्तरद्धान्द्धको कारणले साधारण सदस्यसमेत नरहने गरी यसअघिनै एमालेबाट राजिनामा दिएको थियो । उहाँले पार्टीको कुनै जिम्मेवारीमा नरहने उल्लेख गरी राजिनामा दिएको थियो । तर एमाले दोलखाले उनको राजिनामा भने स्विकृत गरेको थिएन् ।

बस्नेत स्थानीय तहको निर्वाचन २०७४ मा गौरीशंकर–५ को वडाध्यक्ष निर्वाचित भैई गाउँपालिका प्रवक्ता समेत भएको थियो । उनले यस उपनिर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिइने चर्चा भएतापनि उपाध्यक्ष पदको लागि महिला नै हुनुपर्ने निर्वाचन आयोगले नियमावली बनाएपछि उम्मेदवारी दिएनन् ।

उनले भने ‘म पार्टीगत नभई व्यक्तिलाई सहयोग गर्छु, त्यो पनि उमा शेर्पालाई नै सहयोग गर्छु’ भन्नुभयो । उनका अनुसार मैले २०७४ मा नेकपा एमालेबाटै वडाअध्यक्ष जिते, पार्टीको माया त लाग्छ तर पार्टी भित्रका केहि विमतिका कारणले राजिनामा दिएको बताए । उनले उपाध्यक्ष उम्मेदवार उमा शेर्पालाई मंसिर २ गते मनोनयन दर्ताका साथै घरदैलो अभियानमा समेत सहयोग गरेका थिए ।

त्यस्तै, गौरीशंकर गाउपालिकामा आगामी मंसिर १६ गते रिक्त उपाध्यक्ष पदको उपनिर्वाचन हुदैछ । निर्वाचनको तयारी स्वरुप मंसिर २ गते ७ राजनीतिक दलसहित १६ जनाको मनोनयन दर्ता भएको छ ।

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न

पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न

पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न पोखरा, १६ वैशाख । पोखरा महानगरपालिका वडा नं. १७, बिरौट...
राष्ट्रिय धरोहर  संरक्षण संस्थापक माण्डव्यलाई नागरिक सम्मान

राष्ट्रिय धरोहर संरक्षण संस्थापक माण्डव्यलाई नागरिक सम्मान

राष्ट्रिय धरोहर संस्थापक माण्डव्यलाई नागरिक सम्मान । काठमाडौं बिगत एक दशकदेखी नेपालको राष्ट्रिय पोशाक संरक्षण गर्दै राष्ट्रिय ...
बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन 

बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन 

बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन काठमाडौं, २०८१ चैत २२ पोखराको बाल अभियन्ता  प्रेन्सा रेग्मीको आयोजनामा आज काठमा...
पार्वती बहुमुखी क्याम्पसको १२ ओैं वार्षिकोत्सव समारोह भोलि हुने

पार्वती बहुमुखी क्याम्पसको १२ ओैं वार्षिकोत्सव समारोह भोलि हुने

पार्वती बहुमुखी क्याम्पसको बाह्रौं वार्षिकोत्सव समारोह भोलि हुने काभ्रेपलाञ्चोक, बेथानचोक-२, दुंखर्क,मा रहेकाे पार्वती बहुमुखी ...
देवघाट ऐतिहासिक माघ महा-महोत्सव २०८१मा तपाई जान छुट्नु भयाे कि ?तस्वीरसहित

देवघाट ऐतिहासिक माघ महा-महोत्सव २०८१मा तपाई जान छुट्नु भयाे कि ?तस्वीरसहित

राजेश तिमल्सिना  देवघाटमा ऐतिहासिक मकरस्नान तथा माघे मेला महा-महोत्सव २०८१ सञ्चालन भईरहेकाे छ ।   च...
सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक शुट

सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक शुट

  तार्केश्वर नगरपालिका वडा नम्बर ८ शान्तिटाेलमा रहेकाे तार्केश्वर मनमैजु सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानाे कपडा ट्र...
लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

  सरोज लामिछानेको नयाँ गीत "कान्छु" सार्वजनिक भएको छ।  यस "कान्छु" गीतमा सरोज लामिछाने, सिमा भण्डारी स्वर रहेकाे छ ...
माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव

माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव

माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव   माघे सङ्क्रान्ति, माघ महिनाको पहिलो दिनलाई विशेष रुपमा मनाइने नेपाली चाड...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज