Advertisement

तमु हे बचत तथा ॠण सहकारी संस्थाको सोह्रौं बार्षिक साधारणसभा सम्पन्न

Advertisement

मनु कोन्मे गुरुङ, काठमाडौं । तमु हे बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सोह्रौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । तमु हे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिम बहादुर गुरुङको अध्यक्षतामा र पूर्वअध्यक्ष प्रेम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा संस्थाको साधारणसभा सम्पन्न भएको हो ।

संस्थाको गोरखा प्यालेस बालाजुमा भएको साधारणसभामा पूर्वअध्यक्ष एंवं सल्लाहकार तथा तमु ह्युल छोंज गुरुङ राष्ट्रिय परिषदका सह–कोषाध्यक्ष ई. गंगा बहादुर गुरुङ ,तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय सचिव जिएस गुरुङ, संस्थाका पूर्वप्रबन्धक टीका सिहं गुरुङ, उपाध्यक्ष याम बहादुर गुरुङ, कोषाध्यक्ष दुर्गा बहादुर गुरुङ, सचिव बिमल गुरुङ, सदस्य मिना गुरुङ, सदस्य दल बहादुर गुरुङ, लेखा सुपरिवेक्षण समितिका संयोजक रुद्र बहादुर गुरुङ, संस्थाका पदाधिकारीहरु, शेयरधनी, निक्षेप कर्ता, बुद्धिजीवी लगायतको उपस्थिति थियो । कार्यक्रम संस्थाका शेयर सदस्य एवं संचालक समितिका निवर्तमान सचिव संगीता गुरुङले संचालन गरेकी थिइन् ।

साधारणसभा कार्यक्रममा संस्थाका उपाध्यक्ष यम बहादुर गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रम संस्थाका अध्यक्ष हिम बहादुर गुरुङ र प्रमुख अतिथि प्रेम बहादुर गुरुङले दिप प्रज्जवलन गरि समुदघाटन गर्नु भएको थियो । कार्यक्रममा संस्थाका पूर्वप्रबन्धक टीका सिंह गुरुङ, प्रमुख अतिथि प्रेम बहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन अध्यक्ष हिम बहादुर गुरुङ, आर्थिक प्रतिवेदन कोषाध्यक्ष दुर्गा बहादुर गुरुङ र बार्षिक प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका संयोजक रुद्र बहादुर गुरुङले प्रस्तुत गर्नु भएको थियो । संस्थाले ठुलो र उत्कृष्ट निक्षेपकर्ता नन्द सुब्बा गुरुङ, दिलिप गुरुङ, कृष्ण बहादुर गुरुङ, बुद्धि माया गुरुङ र तमु हे तमु हे तमु समाज काठमाडौंलाई सम्मान पत्र सहित सम्मान गरेको थियो ।

कार्यक्रमको बन्द सत्रमा अध्यक्षले प्रस्तुत गर्नुभएको बार्षिक प्रतिवेदन, कोषाध्यक्षले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन र शेयरधनी तथा निक्षेप कर्ताहरुले पेश गर्नु भएको प्रस्ताव माथी छलफल गरि बार्षिक र आर्थिक प्रतिवेदन पास गरेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष हिम बहादुर गुरुङले समापन गर्नु भएको थियो भने समापन पश्चात् कार्यक्रममा तमु हे तमु समाज काठमाडौंले आउदो कार्तिक १६ गते देउसीभैलो कार्यक्रम संस्थाका सदस्य मिलन गुरुङको निवास रानीबन काठमाडौंमा आयोजना गर्ने समाजका अध्यक्ष टीका सिंह गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

  सरोज लामिछानेको नयाँ गीत "कान्छु" सार्वजनिक भएको छ।  यस "कान्छु" गीतमा सरोज लामिछाने, सिमा भण्डारी स्वर रहेकाे छ ...
माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव

माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव

माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव   माघे सङ्क्रान्ति, माघ महिनाको पहिलो दिनलाई विशेष रुपमा मनाइने नेपाली चाड...
मामाघर अनाथालय  र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास सम्पन्न

मामाघर अनाथालय र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास सम्पन्न

ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको उद्देश्य साकार पार्नका निमित्त मामाघर अनाथालय आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको ...
मामाघर अनाथालय आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास

मामाघर अनाथालय आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास

मामाघर अनाथालय आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास   ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको उद्द...
७ अैा राष्ट्रिय झण्डा दिवस बसन्तपुरमा

७ अैा राष्ट्रिय झण्डा दिवस बसन्तपुरमा

झण्डाकाे ईतिहास नेपाली राष्ट्रिय झण्डा विशिष्ट र ऐतिहासिक छ। यो विश्वकै एकमात्र गैर-आयताकार झण्डा हो, जसले नेपालको पहिचानलाई अन...
सपनामा चन्द्रमा देख्नुको अर्थ प्रायः भावनात्मक सन्तुलन, परिवर्तन, र आध्यात्मिक जागरण:- डा.उत्तम उपाध्याय न्याैपाने

सपनामा चन्द्रमा देख्नुको अर्थ प्रायः भावनात्मक सन्तुलन, परिवर्तन, र आध्यात्मिक जागरण:- डा.उत्तम उपाध्याय न्याैपाने

सपनामा चन्द्रमा देख्नुको अर्थ प्रायः भावनात्मक सन्तुलन, परिवर्तन, र आध्यात्मिक जागरणसँग जोडिन्छ। चन्द्रमा शीतलता, शान्ति र गहन भाव...
राष्ट्रिय झण्डा दिवस विशेष कार्यक्रम बसन्तपुरमा हुने

राष्ट्रिय झण्डा दिवस विशेष कार्यक्रम बसन्तपुरमा हुने

राष्ट्रिय झण्डा दिवस विशेष कार्यक्रम बसन्तपुरमा हुने   काठमाडौं, मंसिर ३० गते नेपालको एकीकरण र राष्ट्रिय झण्डाको गौरवलाई स...
य:मरीकाे उत्पति ,महत्व

य:मरीकाे उत्पति ,महत्व

य:मरि (Yomari) नेपालमा विशेषगरी नेवार समुदायले बनाउने परम्परागत परिकार हो। यो चामलको पीठोबाट बनेको मिठो परिकार हो, जसमा चाकु (खुवा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज