काठमाडौं महानगरले बालबालिका, अपांगता भएका र जेष्ठ नागरिकमैत्री, हिँड्ने, खेल्ने वा व्यायाम गर्ने प्रयोजनलाई ध्यानमा राखेर शंख पार्क तयार पारिएको छ । यस पार्क काठमाडौं महानगरपालिका वडा नंं ४, धुम्बाराहीस्थित करिब २२ रोपनी जग्गा क्षेत्रफलमा फैलिएको छ ।
काठमाडौमा भएका पार्कहरु मध्ये यो पनि एउटा सुन्दर पार्क मानिन्छ । यहाँ पार्कमा विभिन्न फूल र बोटबिरुवाहरु पाइन्छ । यो पार्क चक्रपथ नजिकै भएको हुदाँ यहाँ घुम्न, व्यायम गर्न, र विभिन्न कार्यक्रम, चलचित्र, म्युजिक भिडियो, टेलिफिल्म लगायत छायांकन पनि हुने गर्छ ।
अहिले महानगरले पार्कमा शौचालय, शंखपार्कको स्तम्भ, खुला स्थान, बेन्चहरू, चौतारो, रूखहरू, बोटबिरुवा, छहारी जस्ता संरचना निर्माण गरेका छन् । महानगरले २०७२ सालको विनाशकारी भूकम्पपछि ३ करोड ४ लाख रुपैंयाको लागतमा पार्कको पुर्ननिर्माण गरेका थिए ।
काठमाडौंमा धुलो धुँवा भीडभाड र कोलाहलपूर्ण वातावरणमा सुन्दर र शान्त अनि खुला ठाँउको अभाव दिनहुँ खड्कीदै गएको बेला यस पार्कले भने मनलाई आन्नदित बनाउछ । शहर घुम्दा जताततै भिडभाड र कोलाहलले दिक्क भएपछि पार्कमा विश्राम लिदाँ शीतल र स्वच्छ हावाले मनै फुरुङ्ग बनाउछ ।
राजधानीमा रहेको खुल्ला र सार्वजनिक भुभागहरु संरक्षणको अभावमा दुर्गन्धित र अतिक्रमण हुदै गएको थियो । अहिले महानगरको मेयरमा बालेन शाहले नेतृत्व लिएपछि महानगरमा वातावरणको सार्वजनिक स्थलको स्वरुपनै परिवर्तन गरेको छ ।
यस पार्कमा पिक्निक, भोज-भत्तेर लगायतको ठुला-ठुला कार्यक्रमहरु गर्न भने निषेध गरिएको छ ।
फोटोफिचर