Advertisement

युवा व्यवसायीको सञ्जाल भाइब्स म्यानेजमेन्टको साधारणसभा सम्पन्न

Advertisement

भक्तपुर । विभिन्न पेशा व्यवसायमा आबद्ध युवाहरुद्धारा सञ्चालित भाइब्स म्यानेजमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनीको साधारणसभा सम्पन्न भएको छ । युवाहरुको साझा व्यवसायिक संस्था भाइब्स म्यानेजमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनीको दोस्रो साधारणसभा विहीबार सम्पन्न भएको हो ।

युवा व्यवसायीहरुले २०७९ श्रावण ३० गते सो कम्पनीको स्थापना गरेको थियो । कम्पनी स्थापना भएको दुई वर्ष पुरा भएको अवसरमाआश्विन १७ गते दोस्रो साधारणसभा सम्पन्न गरेका हुन् ।

कम्पनीको संस्थापक अध्यक्ष साजन श्रेष्ठको अध्यक्षता सम्पन्न साधारणसभा भक्तपुरका स्थानीय सफल उद्यमी एवं सामाजिक अभियान्ता सुरेन्द्र जाकीबन्जारको प्रमुख अतिथ्यतामा भएको थियो । त्यस संस्थामा वचत तथा ऋण सहकारी, बहुउद्देश्य सहकारी, विभिन्न व्यवसायको इन्भेस्टमेन्ट कम्पनी, ट्रेडिङ कम्पनीहरू आवद्ध रहेका छन् ।

संस्थाका अध्यक्ष साजन श्रेष्ठले स–सानो लगानी संकलन गरेर उल्लेखनीय कामहरू गर्न सकिने विश्वासका साथ कम्पनी स्थापना गरेको बताउनु भयो । हाललाई यसको मुख्य लगानी नेपाल सेयर मार्केट र लगानी व्यवस्थापन रहेको र भविष्यमा घरजग्गा कारोवार लगायत अन्य कम्पनीहरुमा समेत लगानी विस्तार गर्ने बताए ।

हाल वित्तीय संघ–संस्थाहरुमा आर्थिक समस्या भएको कारण सर्वसाधारणको बचत रकमहरू सहकारी संस्थाहरुले फिर्ता गर्न नसकेको र साना सहकारीहरू बन्द हुने अवस्थामा पुगेका छन् । विभिन्न सामाजिक संघसंस्थाहरुले सानातिनो रकम संकलन गरी सहकारीमा बचत गरेका रकम फिर्ता पाउन नसक्दा समूहका सदस्यहरु विचल्लीमा परी अन्योलमा परेका छन् ।

त्यसैगरी, भाइब्स म्यानेजमेन्ट एण्ड इन्भेस्टमेन्ट कम्पनीले भावी योजना बनाई स–साना समूह निर्माण गरेर योजनाहरू तर्जुमा गरी लगानी छनौट गरिने छ । यसबाट युवाहरुलाई उद्यमशीलता हुनका लागि लगानी ब्यवस्थापन हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

  सरोज लामिछानेको नयाँ गीत "कान्छु" सार्वजनिक भएको छ।  यस "कान्छु" गीतमा सरोज लामिछाने, सिमा भण्डारी स्वर रहेकाे छ ...
माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव

माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव

माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव   माघे सङ्क्रान्ति, माघ महिनाको पहिलो दिनलाई विशेष रुपमा मनाइने नेपाली चाड...
मामाघर अनाथालय  र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास सम्पन्न

मामाघर अनाथालय र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास सम्पन्न

ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको उद्देश्य साकार पार्नका निमित्त मामाघर अनाथालय आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको ...
मामाघर अनाथालय आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास

मामाघर अनाथालय आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास

मामाघर अनाथालय आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास   ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको उद्द...
७ अैा राष्ट्रिय झण्डा दिवस बसन्तपुरमा

७ अैा राष्ट्रिय झण्डा दिवस बसन्तपुरमा

झण्डाकाे ईतिहास नेपाली राष्ट्रिय झण्डा विशिष्ट र ऐतिहासिक छ। यो विश्वकै एकमात्र गैर-आयताकार झण्डा हो, जसले नेपालको पहिचानलाई अन...
सपनामा चन्द्रमा देख्नुको अर्थ प्रायः भावनात्मक सन्तुलन, परिवर्तन, र आध्यात्मिक जागरण:- डा.उत्तम उपाध्याय न्याैपाने

सपनामा चन्द्रमा देख्नुको अर्थ प्रायः भावनात्मक सन्तुलन, परिवर्तन, र आध्यात्मिक जागरण:- डा.उत्तम उपाध्याय न्याैपाने

सपनामा चन्द्रमा देख्नुको अर्थ प्रायः भावनात्मक सन्तुलन, परिवर्तन, र आध्यात्मिक जागरणसँग जोडिन्छ। चन्द्रमा शीतलता, शान्ति र गहन भाव...
राष्ट्रिय झण्डा दिवस विशेष कार्यक्रम बसन्तपुरमा हुने

राष्ट्रिय झण्डा दिवस विशेष कार्यक्रम बसन्तपुरमा हुने

राष्ट्रिय झण्डा दिवस विशेष कार्यक्रम बसन्तपुरमा हुने   काठमाडौं, मंसिर ३० गते नेपालको एकीकरण र राष्ट्रिय झण्डाको गौरवलाई स...
य:मरीकाे उत्पति ,महत्व

य:मरीकाे उत्पति ,महत्व

य:मरि (Yomari) नेपालमा विशेषगरी नेवार समुदायले बनाउने परम्परागत परिकार हो। यो चामलको पीठोबाट बनेको मिठो परिकार हो, जसमा चाकु (खुवा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज