Advertisement

दिल्लीका मुख्यमन्त्री केजरीवालले पदबाट राजीनामा दिने घोषण

Advertisement


काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । आम आदमी पार्टीका राष्ट्रिय संयोजक समेत रहेका मुख्यमन्त्री केजरीवालले दिउँसो पार्टीका कार्यकर्ताहरुलाई सम्बोधन गर्ने क्रममा यस्तो घोषणा गर्नु भएको हो ।

केजरीवालले राजीनामा दिएपछि आफू जनतामा जाने र समर्थनका लागि आह्वान गर्ने बताउनु भएको छ । मदिरा नीति घोटाला प्रकरणमा करिब ६ महिना जेलमा बिताएर दुई दिनअघि मात्रै सर्वोच्चको आदेशले जमानतमा रिहा हुनुभएका केजरीवालले आश्चर्यजनक रुपमा राजीनामा दिने घोषणा गर्नु भयो ।

उहाँले दिल्लीका जनताले आफूलाई ‘इमानदार’ प्रमाणित नगरेसम्म मुख्यमन्त्रीको कुर्सीमा नबस्ने बताउनुभएको छ । यदि जनताले आफूलाई भोट दिए भने यो आफ्नो ‘इमान्दारिता’को प्रमाण पत्र हुने उहाँले बताउनुभयो ।

जनताले आफ्नो निर्णय नदिएसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन । म हरेक घर र गल्लीमा जान्छु तर जनताबाट निर्णय नआएसम्म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।”

मुख्यमन्त्री केजरीवाल शुक्रबार राति तिहाड जेलबाट छुटेपछि शनिबार पार्टीका वरिष्ठ नेताहरूसँग बैठक गर्नुभएको र आइतबार पार्टी कार्यालयमा उपस्थित हुनुभएको थियो ।

सर्वोच्च अदालतले दिल्लीको कथित मदिरा नीति प्रकरणसँग सम्बन्धित भ्रष्टाचारको मुद्दामा उहाँलाई जमानत दिएको केही घण्टापछि शुक्रबार साँझ उहाँ तिहाड जेलबाट रिहा हुनुभएको थियो ।

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पाैष १७ गते १३ ओै राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै।

पाैष १७ गते १३ ओै राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै।

पाैष १७ गते १३ ओै राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले बिगतका ...
पाैष १७ गते मौलिकताको प्रतीक  १३ ओै राष्ट्रिय पोशाक दिवस

पाैष १७ गते मौलिकताको प्रतीक १३ ओै राष्ट्रिय पोशाक दिवस

पुरानो इतिहास, पहिचान र मौलिकताको प्रतीक राष्ट्रिय पोशाक दिवस काठमाडौं। नेपाली कला, साहित्य, संस्कृति र इतिहासको संरक्षण तथा प्रव...
बसन्तपुर डबलीमा ८ ओै राष्ट्रिय झण्डा दिवस सम्पन्न 

बसन्तपुर डबलीमा ८ ओै राष्ट्रिय झण्डा दिवस सम्पन्न 

बसन्तपुर डबलीमा ८ ओै राष्ट्रिय झण्डा दिवस सम्पन्न काठमाडौं /हाम्रो सान हाम्रो स्वाभिमान , राष्ट्रिय झण्डा हाम्रो पहिचान भन्...
नाग पञ्चमी विशेष : परम्परा र प्रकृतिप्रति सम्मान

नाग पञ्चमी विशेष : परम्परा र प्रकृतिप्रति सम्मान

नाग पञ्चमी विशेष: संस्कृति, श्रद्धा र सर्पकाे सम्मानकाे पर्व काठमाडौं, साउन १३ – आज देशभर नाग पञ्चमी पर्व श्रद्धा र भक्ति साथ म...
संस्थापक सेयरमा लगानी: सानो लगानी, ठूलो प्रतिफल

संस्थापक सेयरमा लगानी: सानो लगानी, ठूलो प्रतिफल

संस्थापक सेयरमा लगानी: सानो लगानी, ठूलो प्रतिफल काठमाडौं – पछिल्लो समय नेपाली सेयर बजारमा संस्थापक सेयरमा लगानी गर्ने प्रवृत्ति...
महाशिवरात्रि विशेष: भगवान शिवको महिमा र यो पर्वको महत्व

महाशिवरात्रि विशेष: भगवान शिवको महिमा र यो पर्वको महत्व

महाशिवरात्रि विशेष: भगवान शिवको महिमा र यो पर्वको महत्व आज सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूले आस्थाका साथ महाशिवरात्रि पर्व मनाउँदै...
सचेतना नागरिक संस्था  नेपालकाे  रक्तदान कार्यक्रम प्रजातन्त्र दिवसमा

सचेतना नागरिक संस्था नेपालकाे रक्तदान कार्यक्रम प्रजातन्त्र दिवसमा

  सविन गाैतम प्रजातन्त्र दिवसको अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना   तारकेश्वर, काठमाडौं – प्रजातन्त्र दिवस २...
उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न

उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न

उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न काठमाडौं, माघ १९ – लेखक जयराम तिमिल्सिनाको नयाँ उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्...
भाषा छनोट गर्नुहोस्
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज