Advertisement

कास्कीको गुरुङ सम्पदा पदमार्गको संञ्चार मन्त्री गुरुङद्धारा औपचारिक शुभारम्भ

Advertisement

भदौ ७, काठमाडौं । गुरुङ सम्पदा पर्यटन पदमार्गको औपचारिक शुभारम्भ गरिएको छ । गुरुङ पर्यटन व्यवसायी संघ नेपालले भदौ ७ गते शुक्रबार राजधानीमा कार्यक्रम आयोजना गरी गुरुङ सम्पदा पर्यटन पदमार्गको औपचारिक शुभारम्भ गरिएको हो ।

गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जिटीन)द्धारा आयोजित कार्यक्रममा नेपाल सरकारका प्रवक्त एवं सुचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत्त आयोगका सदस्य जुद्ध बहादुर गुरुङ, पर्यटन मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डे, पर्यटन तथा पर्वतारोहण विभागका निर्देशक राकेश गुरुङ सहभागी रहनुभएको थियो ।

कार्यक्रममा जिटीनका संस्थापक अध्यक्ष कुल बहादुर गुरुङ, पुर्वअध्यक्ष्यद्धय अम्बिर गुरुङ, कमला गुरुङ, नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष जगत पाण्डे, नेपाल उद्योग व्यवसाय संघका महासचिव इश्वर बहादुर गुरुङ, गुरुङ राष्ट्रिय परिषद्का बरिष्ठ उपाध्यक्ष आर.बि.गुरुङ लगाएत पर्यटनसंग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

जिटीनद्धारा आयोजित कार्यक्रममा मन्त्री गुरुङले गुरुङ सम्पदा पर्यटन पदमार्गको नक्सा सार्वजनिक गर्नुभई औपचारिक शुभारम्भ गर्नुभएको हो । सो पर्यटन पदमार्ग जिटीन गण्डकीका संस्थापक अध्यक्ष बोबरजंग गुरुङ र बरिष्ठ पर्यटन पत्रकार खिम घलेले खोज तथा अनुसन्धान गरी पर्यटन पदमार्गको नक्साङ्गन गर्नुभएको हो ।

उक्त पदमार्गको रुट कास्कीको मादी गाउँपालिकाभित्र पर्ने ताङतिङबाट सुरु भई मनाङको चामे गाउँपालिकास्थित तिमाङ पुुगेर दश दिनमा सम्पन्न हुने जिटीनका अध्यक्ष पितम्बर गुरुङले बताउनु भयो । अध्यक्ष गुरुङका अनुसार त्यस क्षेत्रमा गुरुङको पहिचाहन, साँस्कृतिक र उत्पतिको थलो भएको हुदाँ त्यस क्षेत्रलाई गुरुङ सम्पदा पर्यटन पदमार्ग नामकङ्गन गरिएको हो ।

मन्त्री गुरुङले विगतलाई स्मरण गर्दै भन्नुभयो, ‘पहिले एक महिनाको टेकिङ हुन्थ्यो अहिले तीन,चार दिनमा सकिन्छ । अहिले शुभारम्भ भएको यो गुरुङ सम्पदा पदमार्ग आफैमा महत्वर्पूण ठाउँ हो । उहाँले भन्नुभयो, ‘यो पदमार्गमा स्थानीयको सक्रीयता आबश्यक छ । यो पदमार्गबाट स्थानीयले लाभ लिन सक्नुपर्दछ ।’ यस पदमार्गले नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने कुरामा आफु विश्वस्त रहेको पनि उहाँले बताउनुभयो ।

 

गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) गण्डकी प्रदेशको अगुवाई तथा आयोजनामा जीटीन केन्द्रको सहभागितामा उक्त पदमार्गको गत जेठ २१ देखि ३० गते खोज तथा अनुसन्धान सम्पन्न भएको थियो । पदमार्गको खोज तथा अनुसन्धान कार्य सम्पन्न भएपछि जिटिन गण्डकीको आयोजनामा गुरुङ सम्पदा पदमार्गको पहिलो पटक पोखरामा सार्वजनिक गरिएको थियो । जिटिन केन्द्रको तर्फबाट भने शुक्रबार गुरुङ सम्पदा पदमार्गको शुभारम्भ कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमममा पदमार्गको खोज तथा अनुसन्धानमा संलग्न रहनुभएका पत्रकार खिम घलेले पदमार्गबारे श्रब्यदृश्य सामाग्री प्रस्तुत गर्नुभएको थियो । नक्सा जीपिएस एक्सपर्ट तथा जीटीनका सदस्य सञ्जीव गुरुङले तयार पार्नुभएको हो ।

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न

पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न

पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न पोखरा, १६ वैशाख । पोखरा महानगरपालिका वडा नं. १७, बिरौट...
राष्ट्रिय धरोहर  संरक्षण संस्थापक माण्डव्यलाई नागरिक सम्मान

राष्ट्रिय धरोहर संरक्षण संस्थापक माण्डव्यलाई नागरिक सम्मान

राष्ट्रिय धरोहर संस्थापक माण्डव्यलाई नागरिक सम्मान । काठमाडौं बिगत एक दशकदेखी नेपालको राष्ट्रिय पोशाक संरक्षण गर्दै राष्ट्रिय ...
बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन 

बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन 

बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन काठमाडौं, २०८१ चैत २२ पोखराको बाल अभियन्ता  प्रेन्सा रेग्मीको आयोजनामा आज काठमा...
पार्वती बहुमुखी क्याम्पसको १२ ओैं वार्षिकोत्सव समारोह भोलि हुने

पार्वती बहुमुखी क्याम्पसको १२ ओैं वार्षिकोत्सव समारोह भोलि हुने

पार्वती बहुमुखी क्याम्पसको बाह्रौं वार्षिकोत्सव समारोह भोलि हुने काभ्रेपलाञ्चोक, बेथानचोक-२, दुंखर्क,मा रहेकाे पार्वती बहुमुखी ...
देवघाट ऐतिहासिक माघ महा-महोत्सव २०८१मा तपाई जान छुट्नु भयाे कि ?तस्वीरसहित

देवघाट ऐतिहासिक माघ महा-महोत्सव २०८१मा तपाई जान छुट्नु भयाे कि ?तस्वीरसहित

राजेश तिमल्सिना  देवघाटमा ऐतिहासिक मकरस्नान तथा माघे मेला महा-महोत्सव २०८१ सञ्चालन भईरहेकाे छ ।   च...
सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक शुट

सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक शुट

  तार्केश्वर नगरपालिका वडा नम्बर ८ शान्तिटाेलमा रहेकाे तार्केश्वर मनमैजु सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानाे कपडा ट्र...
लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

  सरोज लामिछानेको नयाँ गीत "कान्छु" सार्वजनिक भएको छ।  यस "कान्छु" गीतमा सरोज लामिछाने, सिमा भण्डारी स्वर रहेकाे छ ...
माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव

माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव

माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव   माघे सङ्क्रान्ति, माघ महिनाको पहिलो दिनलाई विशेष रुपमा मनाइने नेपाली चाड...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज